मासु नखाएको धेरै दिन भएको थियो
भाइले बजारबाट ल्याएको परिकार
मैले पकाए
अनि पस्किए थालहरुमा
सायद, भोकले होला
भाइले घाँटीबाट र्याल थुक निकाल्यो
एउटा लामो रहरसँगै
घरमा हामी तप्पर थियौ
तर
हामीले त्यो खाना बदर गर्दियौ
जब हामीलाई एउटा खबर आयो
जब, हामी त्यो परिकार लिन
हतार हतार अग्रसर थियौ
त्यसदिन
स्वागरातमा
सोर्ह शृङ्गार गरेर
हजार पटक सजिएको सुन्दर अनुहारको
कुनै बेकार सपना झै भयो
मासुभात हाम्रो मुखसम्म पुग्न सकेन
केवल हातमा ठढिरह्यो !
हामी एकसाथ पीडित भयौ
जब बुवाबाट गाउँको समाचार आयो कि
तिमीहरुको मित बुवा
अब यो संसारमा रहनु भएन
सस्कार हो
उहाँ पनि हाम्रै परिवार हो
आजको एकदिन,
एक छाक छाड्नैपर्छ यार तिमीहरुले
बुवाले भन्नू भयो ।
तब हामीले विचार गर्यौ कि
आजको दिन हामीले खानेकुरा बहिस्कार गर्नेछौ
बुवाको आदेश अनुसार हामीले
मुखमा पुग्नै लागेको गाँस छाड्यौ
र हतार हतार लाग्यौ हामी दाजु भाइ
गरीब, भोका, निमुखा
र असक्त बटुवाहरुको उद्दार गर्नलाई
राहतमा मासुभात बाड्नलाई ।
तब एकसाथ एउटा अग्यात मनुवाबाट
चर्को चित्कारसहितको आवाज आयो
हामीले नजिक गएर सुन्यौ एकछिन
ऊ भनिरहेथ्यो कि
म दिन
दुखी र घरबारबिहीन छु
तर म भतुवा हैन
मैले भात नखाएको आज महिना दिन भयो
महान मनुस्य कोही आऊ
जगदीश्वर कोही पठाउ
र मलाई बचाउ
म दिगो भोकमा फसिरहेछु
कोही आऊ
मलाई बचाउ
म वर्षौंवर्ष भोक प्यासमा बसिरहेछु
कोही आऊ
मलाई बचाउ
मेरो यो भोकको उपचार गर
प्रभु मेरो उद्दार गर ।
उसको पुकार सुनेर बारम्बार हामीहरुले
आफूलाई सफल सम्झिरहेका थियौ
हामीहरुले उसलाई परिकार लगेर दियौ
तर उसले त्यसलाई बहिस्कार गर्दियो
र हामी पागल झै लाचार भएर त्यहाबाट सडक फर्कियौ
किनकि,
आउदै गरेको नाटकमा अभिनय सिक्दै गरेको
ऊ एउटा कालाकार थियो ।
हामीले आफूलाई बेकार सम्झियौ
यो विशाल संसारमा कहीं पनि हाम्रो चिकेन खाना बिकेन
विशाल बजारमा
सित्तैमा हाम्रो परिकार बिकेन!
तब अचानक एउटा बीभत्स दृश्य देखियो
एउटा भिखारी सडककिनारमा बसिरहे थियो
भोकमारीमा अनन्त आर्तनाद उतारि
हामीले उसको नजिक गएर भात दिने निर्णय गर्यौ
तर,
उसले मेरो अधर हेदै त्यसलाई बदर गर्दियो
र डर भय मान्दै भन्यो कि
म अँझै बाँच्न चाहन्छु मलाई नमार्नुस
बरु म माटो खान्छु, म जहर खान्न हजुर
मलाई मर्ने रहर छैन मलाई नमार्नुस !
एकाएक अचम्मित हुँदै हामीले सोध्यौ
कि कस्तो कुरा गर्दै छौ यार तिमी?
छि के भनेको हामी त तिम्रो उद्दार गर्न पो आएका हौ ।
तब उसले उत्तर दियो,
हिजो एउटा सुन्दर युवती यहाँ आएको थियो
हिजो एउटा कुमारी केटी यहाँ आएकि थि
उसले मलाई सय रुपैयाको नोट दिनै लाग्दा
अचानक उसको बोइफ्रेन आएर
उसको हात गलत्याए खोस्यो
मैले मेरो भेटि भनेर माग्दा
उसले मलाई मार्ने धम्की दिएको थियो
त्यो आवाज
हो त्यो तपाईंकै हो ।
मैले मेरो बिगत सम्झिए
हो त्यो मनै थिए ।
उसले अन्तिममा म तपाईंको विश्वास म गर्छु
तर एक गाँस पैला तपाईं खाएर देखाउनुहोस
अनि मात्र म यो भात स्वीकार गर्न सक्छु
म लाचार भएर
घूप्टो मुन्टो लगाएर
विचार गरिरह्ये ।
बिडम्बना,
भिखारीको बहिस्कार सङ्गै
बाडिएर दाजु भाइ हामी छुट्टियौ एकछिन ।
मैले भात बासि भएर बिग्रिएर जाने
डरले
एउटा स्कुले बालकलाई टिफिन भन्दै
जवरजस्ती खुवाउन खोजे
तर,
चौकिदार आएर
मलाई गलत्याएर गेट बाहिर निकाल्यो
मलाई पछाडि प्रहरीहरू लखेटिरहेथे
म जोडले भागे
सायद, तिनिहरू मलाई एउटा अपहरणकारी सोचिरहेथे
जसरी कि मलाई अघि भर्खर एउटा भिखारीले
एउटा हत्यारा अपराधी सोचे थियो ।
मेरो घर सहरमा थियो
अन्न फ्याक्न हुदैन भन्ने मैले हजुरामाको अपदेश सम्झिरहेको थिए
अन्नको सरापको सन्त्रासले म कापिरहेको थिए
अन्नकै अभावले करमा कोही कापिरहे थिए
मैले यही सम्झिए ।
सायद, यस कारणले पनि
मलाई त्यो खाना फ्याक्न रहर लागिरहेकै थिएन ।
तब म सरसर्ति एउटा बिद्दानको दरबारमा गए
बिद्दानले किसानको पसिना
र धानको महत्व बुझेको हुन्छ
मैले मनमनै यो विचार गरिरहे थिए ।
मैले उसलाई मेरो परिकार स्वीकार गर्न बिन्ती गरे
तर,
उसले भन्यो भाइ म भाते हैन
लागेर बरु सडकका खातेहरुलाई बाडिदेऊ
उसको बाणिले अन्दर मलाई प्रहार गरिरहेथ्यो
ऊ भनिरहेथ्यो क
जरुर तिमी कुनै अञ्जान कुनै बिरोधी पार्टीको
गुप्तचर हुनुपर्दछ
मेरो दुश्मनले मेरो दरबार पठाएको हुनुपर्दछ
उसले हतार हतार आफ्ना सेक्युरेटिहरू बोलायो
म लखर लखर सडकको पेटी हुँदै
भागेर आए अनि अन्तिममा
उङ्को घरसम्म ।
मेरी केटी
साथी
मेरी गलफ्रेनको घर
जहाँ मैले सुरुमै उङ्को लागि उपहार ल्याएको बाताए
उङ्को लागि सरप्राइज
गिफ्ट ल्याएको बताए
उन्ले आफ्ना दुवै आँखाका नजरहरू बन्द गरिन
र दुवै हातहरू थापिन
तब,
अचानक म त्यहाँ पनि त्यही हालतमा गुज्रिए
मेरो उपहार बेकार भयो
किनकि,
म बढो ध्यान दिएर सुनिरहेथिए
उनी भनिरहिथिन
तिमीलाई पाउन
शिव शङ्गकर भगवानको नाममा
म आज सोमबारको व्रत बसेकी छु ।
म उन्लाईकै पनि नभनिकन
त्यहबाट फर्किएर
अनि अन्तिममा आफ्नै घर आए
तब अचानक लडेको लास झै गरेर
मेरो घरको गेटभित्र
कोही जमिनमा लमतन्न सुतिरहेथ्यो
मैले बाहिरबाट आएर उसको शरीर पल्ट्याएर हेरे
त्यहाँ मेरो आफ्नै भाइ थियो ।
मैले सबै खानाहरू घरको किचनमा राखेर
तु एम्बुलेन्स बोलाएर
उसलाई अस्पताल लगे
उपचारपश्चात्,
डाक्टरले भन्दियो कि
विइकनेस भएको रहेछ;एकछिन ढिला भएको भा !
हर्ट एयाट्याक
हृदयघात: पनि हुन सक्थियो
तर,
डर मान्नु पर्दैन हजुर
ग्याँस्ट्रिक बढेर
प्रेसर लो मात्र भएको हो ।
हामी सरासर डाक्टरको सल्लाह अनुसार
घर आयौ
हामीले थहा पायौ कि
नून बारेर
छाक छोडेर
आफ्नो पेट भोक भोकै राखेर
आफ्नो आत्मा रुवाएर
आफ्नो शरीर सुकाएर
केवल मन्दिर धाएर
धर्म हुनेवाला छैन
धर्म हुदैन
हामीले आखिर
नून छाड्दा
पित्रीहरू खुशी हुने कहाँको कानून हो?
झन्न त घरभित्र लडिछस
बाहिर लढेको भा के हुन्थ्यो हालत?
हामी यस्तै यस्तै बात गर्दै
बाटामा आइरहेथेयौ मध्यरातमा
हामीहरू सही सलामत
हामीहरू सहमत भयौ कि
बरु पापै लागोस प्रभु
अपराध नै होस भगवान
हामी निर्धोष छौ
अब हामी घर जान्छौ
र बिहानको भात खान्छौ ।
दिनभरिको थकान
दिनभरिको परिसान
कठोर कठघराको कैदी झै हामी बढो
प्रताडित थियौ
भोक भोकै चलायमान भएर
अनि दिनभरि दौडिएको हुनाले
हामी बढो
थकित थियौ
हामी बढो पीडित थियौ ।
मध्यरातमा जब हामीहरुले एकसाथ ढोका उघार्यौ
बाह्र बजेर १ मिनेट गैसकेको थियो
हाम्रो पेट एकदम भोकाएर
मुसाहरू कराइरहेको थियो
तब हामी ओछ्यान गएनौ
बरु बद्लामा न्यायलय गयौ
न्यायलय: हाम्रो भान्साघर
हामीलाई बुवाले सानो छदा भन्नू भएको थियो
अन्न फ्याल्नु हुदैन अन्नको स्राप लाग्छ
एकसाथ हामीहरुले त्यो सम्झिरहेका थियौ
तब अचानक एउटा चर्को आवाज आयो
हामीहरुले सुरुमा त त्यसलाई भुँडी कराएको भन्ठान्यौ
फेरि एकछिन पछि
भाडाकुँडाहरुको आवाज आयो
भुइमा थालबोटुका करायो
निस्पष्ट सुनसान मध्यरातमा
कतै मसान चुडेल भुत त हैन?
हामीहरुले सोच्यौ
अफसोच
जब,
भान्सा कोठाको ढोका खोलियो
हाम्रो भुँडी भोको थियो
भोको रह्यो र रातभरि भोकै भयो
एकसाथ एउटा परिचित
मनुवा बडास्वादमा मासु भात मस्त खाइरहेथ्यो
मज्जाले देखियो
अन्धकारमा चोर पो आएछ कि भनेर हामीले
उसको अनुहार नियालेर हेर्यौ
र लगातार हेरिरह्यौ
झुक्किएको होकि भनेर फेरि हेरियो
हैन कि भनेर फेरि पनि हेरियो
हामी अन्तिममा अचम्मित भयौ
किनकि त्यहाँ हाम्रै बुवा हुनून्थियो !
