Skip to content

मान्छेसँगै डराउँछ मान्छे

  • by


मान्छेसँगै डराउँछ मान्छे
बेहोसीमै कराउँछ मान्छे

हुने नहुने सबै कुरा लगाई
आपसमा लडाउँछ मान्छे

स्वार्थले भरिपूर्ण छ दुनियाँ
मतलबमा फकाउँछ मान्छे

रात दिन नभनी दगुर्दादगुर्दै
सधैँलाई अस्ताउँछ मान्छे

सञ्जय जुग्जाली
बिम-२, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *