सबै तिम्रो मुहारमा हराउछन्
बच्चा जसरी बजारमा हराउछन्
अधिकांश आँखामा डुबेको सुने
बांकि परेलि धारमा हराउछन्
बिरोधिहरू तिम्रा प्रसन्संक भए
सजिलै यी दोधारमा हराउछन्
आज हातमा कत्तिको गुलाब छ
भोलि सबै तिरस्कारमा हराउछन्
आखिर निर्जलले नि बुझि छोड्यो
कोही कसरि प्यारमा हराउछन्
सबै तिम्रो मुहारमा हराउछन्
बच्चा जसरी बजारमा हराउछन्
