Skip to content

छेस्के कविताहरू

  • by


१. आकर्षण
फलामको हातले
स्पर्श नगर फूललाई
जीवनकै पीडागित बन्ला
एकपटक टाँसिएपछि
फुत्कन सक्दैन तिम्रो हात
चुम्बकरुपी फूलबाट ।

२. माथिको आकाशबाट
हेर्दा–हेर्दै हिजो
आकाशको भुसुनाले
एकै लात हानेथ्यो धर्तीमा
बिचरो फट्याङ्ग्रो ठहरै भयो
देख्दै छु आज पनि
आकाशबाट कमिलाले
हिडिरहेको हात्तीको
सिङ्गै दाह्रो भाँचिदियो ।

३. नर्ककुण्ड
स्वर्गकुण्ड ठानेर मदोन्मत्त
हाम फाल्छौ जब तिमी
आफ्नै कारणले त हो
तिमी नर्ककुण्डमा पर्यौ
कुनै साबुनले नधुने
आजीवन तिमी फोहोरी भयौ ।

४. गोपनीयता
एउटा खामबन्दी चिठी
सुटुक्क दिएथेँ मैले जो तिमीलाई
त्यो बन्दै रहोस् सुरक्षित
खोलियो यदि त्यो खाम भने
तिमीसित मात्रै होइन
सम्बन्ध–बिच्छेद हुने छ
तिम्रो त्यो ठाउँसित पनि ।

रामविक्रम थापा
फाक्टाङ–२, कृष्णगर्त, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *