तिम्रो मेरो उस्को, एउटै बुझाई हुदैन
हरेक प्रश्नको जवाफ रुवाई हुदैन
यसो गर्यो उसो गर्यो आसु झार्यो
सत्र चोटी आसुले ननुहाई हुदैन?
हरेक प्रश्नको जवाफ रुवाई हुदैन
जत्ति रुन्छेउ उत्ति कम्जोर हुन्छेउ
गुमेको आत्मबलको भरपाई हुदैन
हरेक प्रश्नको जवाफ रुवाई हुदैन
बरु, जोड गर आफूलाई कठोर गर
रोएर त कहिले पनि सुनुवाई हुदैन
हरेक प्रश्नको जवाफ रुवाई हुदैन
निर्जल मात्र हो काली आसुले पग्लिने
अरु ढुङ्गाको मुटुलाई घुर्काइ हुदैन
तिम्रो मेरो उस्को, एउटै बुझाई हुदैन
हरेक प्रश्नको जवाफ रुवाई हुदैन
