Skip to content

शिरको सिँन्दुर एक धर्को

  • by


शिरको सिँन्दुर एक धर्को मेटिन नि सक्छ
मायामा नि चिसो कतै भेटिन नि सक्छ ।

मेरो प्राण तिमीनै हौ भन्दै माया गर्दा पनि
चोखो मुटु आज आफ्नै रेटिन नि सक्छ ।

मेरो बाँच्ने आधार तिमीनै हौ भने पनि
जीवन साथी पराईसँग देखिन नि सक्छ ।

बिश्वास गर्ने आधार पनि हराउदै छ अचेल
मेरै नाममा बिछोड पत्र लेखिन नि सक्छ ।

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज
भरतपुर 13, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *