Skip to content

सपना देखाएर मुटु


सपना देखाएर मुटु टुटाउँछ्यौ भने काली
अब केही बोल्दीन संम्बन्ध छुटाउँछ्यौ भने काली ।

के गल्ती गरे आखिर माया गर्छुभन्दा मैले
म सहिँदिउँला आँसुले चुटाउँछ्यौ भने काली ।

सुनको महल नसके नि संसार दिन्थे खुशीको
आफ्नो भन्दिन भो मेरै बस्ती उठाउँछ्यौ भने काली ।

धनकै भरमा पराईलाई जीवन सुम्पेउभन्दा सुने
मौनछ सारा बस्ती आफ्नो भाग्य फुटाउँछ्यौ भने काली ।

रामकृष्ण पौडेल अनायास
गजलकुन्ज चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *