सरकार ढाल्न सडकमा राँके जुलुस बाल्दैछन् रे
बिपक्षिदल मिल्दै आखिर शासन सत्ता ढाल्दैछन् रे ।
जुन जोगी आए पनि सबै उस्तै बस्त्र भिरी
जन्ता मारी आफ्नै झोली भोर्ने चाल चाल्दैछन् रे ।
पुर्व सीता पश्चिम बुद्ध भारतलाई बेच्दै आखिर
आफ्नो ईज्जत धोति टोपी बिदेशीलाई फाल्दैछन् रे ।
कतिका काख रित्याइदिए उजाडपारे बस्ती सारा
लाज नभै गाउँ आउने अभियान थाल्दैछन् रे ।
रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज, भरतपुर
