Skip to content

अन्तरजातीय बिहे

  • by


कलेज गएको पहिलो दिन रजनी एक नवयुवकलाई सिंढी चढ्दै गरेको देखेर मोहित भै । पछि कुरा गर्दा थाह भो ऊ त व्याच्लर्सको दोश्रो वर्षको विद्यार्थी रहेछ । सुन्दर अनुहार भएको पहाडबाट झरेको त्यो पुरुष उसको मनमा डेरा जमाएर बस्यो ।

रजनीको प्रस्तावमा उनीहरू कहिले गोदावरी त कहिले दक्षिणकाली गएर रमाईलो गर्न थाले । हाँसखेल र मोजमस्तीमा घुम्दाघुम्दा उनीहरूले सीमा पार गरेको पत्तै पाएनन् । रजस्वलाको समय १५ दिन कटेपछि रजनीलाई ज्ञात भो ऊ त बल्ल एघार कक्षाको परीक्षा तयारी गर्दैछ ।

आज रमेशसंगको पहिलो भेट उसकै कोठामा गरेपछि रजनीले प्रस्ताव गरी, “मेरो पेटमा तिम्रो वच्चा आयो अब के गर्ने ? एक त म पढ्दैछु अर्को कुरा म घरकी एक्ली छोरी विराटनगरमा वुवाले थाह पाउनुभो भने के होला ?”

रमेशले धेरै विचार गर्यो, “घरमा कस्तो आर्थिक समस्या छ, यो पूँजीपतिकी छोरीलाई हातबाट निस्कन दिनु हुँदैन ।”

उसको मनमा रजनीका बाबुको उद्योगको कमाईप्रति लोभ जागेर आयो । पछि बावुले म जस्तो गरिवसँग विवाह गरिदिने पक्कै होइन । फेरि उसको जात पनि मिल्दैन ऊ कहाँ आतेपाते गरेर खाने बावुको धेरै भाइ छोरा मध्येको छोरा कहाँ रजनी अग्रवाल एक्ली मारवाडीकी छोरी ।

रमेशले “मन्दिर गएर भगवानसँग प्राथना गरौं, सब ठिक हुन्छ” भनी रजनीलाई लिएर पशुपतिमा गयो र त्यहाँको पण्डितलाई वचन भन्न लगाएर रजनीको सिउँदोमा सिन्दुर भरीदियो । रजनीलाई लिएर ऊ आफ्नो कोठमा आयो र पतिपत्नीका रुपमा रहन थाले । एकदु ई दिन उनीहरू मोबाइल बन्द गरेर रोमान्समा लुट्पुटिए ।

पशुपतिमा बिहे गरेको पाँचौं दिन उनीहरूको विभत्स लास बागमती किनारमा तैरिरहेको थियो । यता वजेट भाषण चल्दै थियो । अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप रु एक लाख दिने पुरानो सरकारको निर्णयलाई यो सरकारले निरन्तरता दिने प्रस्ताव गरेको छ ।

पछि थाह भो उनीहरूको हत्या भारतका पेशेवर कन्ट्याक्ट किलर लगाएर रजनीका बाबुले गर्न लगाएका रहेछन् ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *