Skip to content

कसरी ब्यक्त गरौँ ?

  • by


कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति, बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

बदमाशहरू मस्तसँग घुम्दै छन् जताततै
सोझा र सज्जनमाथि, सधैँ तलवार भएको छ

बेसरम र नकच्चर्याइले पराकाष्ठा नाघ्दा
गहिरो मित्रतामा अब वारपार भएको छ

सिर्जनामा हस्तक्षेपले, प्रतिभाहरू भन्दै छन्
“आफ्नो परिश्रममा अर्कैको फलाहार भएको छ”

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *