Skip to content

समयका स्वादहरू

  • by


हिँड्दै जाँदा भेटिदै जाँदा
कति साथीले मुटुमा छुन्छन्
बिर्सनै नसक्ने मिठा प्यारा
थुप्रै सम्झनामा थुन्छन्

पुरानो झ्याल खोली एकनासले
पर पर हेरिरहन्छु
फिँजिएका अनगिन्ती रमाइला क्षण
परेली झिम्काई बेरिरहन्छु

पूर्व सूर्यको लालीले छुँदा
न्यानोपनको अनुभव भइरहन्छ
साटेका असंख्य मुस्कान र हाँसो
फेरि फेरि चाहानामा आइरहन्छ

रङ्गीचङ्गी फक्रिएका फूलमा
मायाका याद रङ्गिरहन्छन्
ती आत्मीय बितेका पलमा
समयका स्वादहरू बल्झिरहन्छन्

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *