Skip to content


यो पुरै विश्वमा अशान्ति मच्चिएको बेला कहा तिमी आफनो घरमा शान्ति खाज्छौ । त्यसमा पनि तिमी त मेरो ममाको नोकर, तिमी त अरुको चाकरी गरेर आफ्नो परिवारलाई सन्तुष्ट राख्न चाहन्छौ । यसलाई त म मनको लड्डु घिउसित खानु जस्तै मान्छु ।

हुन त म एयटी मामालाइृ भेट्न आएकी भान्जी मात्रै मैले एक दिन भए पनि तिमी घुक्र्याएर खानुपर्ने तर किन गर्थे र म त्यसो मेरो मानवता बज्रिएको मन छ । त्यसैले होला तिम्रो बारेमा यति धेरै सोच्दै ।

तिम्रो मालिक जसको तिमी दिनभरि चाकरी गर्छौ, तिम्रो मालिक जसको तिमी रातभरि गोडा मिच्छौ । आज म तिम्रो मालिकलाई भेट्न आए । तिम्रो मालिक मेरो मामा मलाई साह्रै स्वागत गरे यीनले तिमीलाई अह्राएरै भएपनि । तर मेरो मनमा छुट्टै भेल उर्लिन थाल्यो । मेरो मामालाई तिम्रो पुरै अस्तित्व डुबे पनि थाहा हुने छैन, जब उनलाई रिस उठ्छ तिमीलाई टोक्छन् ।

हुन त मेरा मामा एक उच्च पदबाहक मान्छे वास्तबमा भन्ने हो भने एक हाकिम । उनको हातमा रिमोट छ अनि रिमोट कन्ट्रोल गर्न सक्ने पावर पनि । तर तिमी त एक राष्टङसेवक हौ तर सकन सक्दैनौ तिमीले मेरो मामाको प्रतिरोध गर्न ? केरा उनले एक उच्च पदस्त कर्मचारी कर्मचारी भन्दैमा एक राष्ट्रको हतियारलाई चोर्ने अधिकार छ । त्यसैले यी मेरा मामालाई मैले कुनै बेला चोरको संज्ञा दिन्छु । एक सच्च देश प्रेमी सच्चा राष्टङसेवकले उकाली ओराली भञ्ज्याङ्ग चौतारीमा डुल्दै सामाजिक सेवाको टहरो लाउने बेला यी मेरा मामाले किन बाधा अड्याए ।

आज मलाई तिमी र तिम्रा मालिक देखि रिस उठिरहेछ । बिहान नौ बजे ओछ्यानबाट उठेर बुवासँग पानी माग्ने तिमीलाइृ प्रश्न सोध्न चाहन्छु किन कसरी तिमी ४ उठेर तिम्रा मालिकका जुठा भाडा मोल्दछौ । हो मलाई यही प्रश्न उत्तर चाहिन्छ, किन तिमी घरमा छदा आफ्नी आमालाई एक घुट्को पानी दिन सक्दैनौ ? यदि तिमीलाइृ चाकर नै बन्नु छ भने हजारौ अशक्त आमा बुवाको गोडा मोल न मेरा माका लागि ती तरुनी माइजू छदै छन नि । त जुन तिमो कामले म जस्ता भान्जीहरूले मामा प्रति रिस नउठोस ।

हाम्रा प्रत्येक सीमाका किल्लाहरू बिदेशीले सार्दा समेत दश माइल टाढा पुर्याउन्जेल तिमीमा चेतना छन ?हुन त तिमीलाई मेरा मामाले अठ्याइरहेमका होलान तर अब तिमी अब त्यो छोड्नुपर्छ । किनभने महाकाली पारिका ती गाबिसमा त्यस्तै हिमाल पारीका ती जिल्लाहर बिदेशीले तानिसके कब्ज्याउने सुरमा छन् । तिमी भने मालिकको चकरीमा ब्यस्त छौ । मैले तिरेको करबाट तिमी आफ्नी श्रीमती पाल्छौ भने किन तिमी तिम्रो मालिकका अगाडि आफ्नो गोडा खाज्छौ के के तिर्नू छ उनको तिमीले ? तिमी शशक्त हतियार हौ भने छिनालिदेऊ न ती अन्यायीहरूलाई जसलाई जनताको गास खासेर खान्छन अनि जनताकै एक घेरबालाई बैयक्तिक बनाउन खोज्छन् ।

आज म त मामालाइृ भेट्न आएकी भान्जी मात्रै तर मामाले यस्तो अत्याचार गर्छन भन्ने थाहा पाएकी भए पहिले नै आउथिन सायद तर थाहा भएन मलाई । अब जाऊ भनिदेऊ तिम्रो मालिकलाई हजुरकी भान्जी उम्लेकी छे भनेर र अर्को कुरा सुन आजै तिमी र तिम्रो मालिक सच्चिएकौ भने मेरी आमाले तिमीहरूलाई शिाच भनेर टोनेछिन । ल तिमी चाकरी गरेर आमलाई पिचाश बनेको हेर्छौ भने तिम्रो इच्छा तर म भने अहिलो जान्छु । ऊ ! आयो आयो ति…….. म्रो मालिक म भागछु है मलाई उल्टी होला जस्तो भैरमखेको छ । ऊ उ ! तिम्रो मालिक तिम्रो मालिक !

मनिषा अवस्थी (सञ्चारकर्मी)

1 thought on “तिम्रो मालिक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *