जिउँदै पनि मरे जस्तो मानिसको चोला रैछ
यता ताक्दा उता लाग्ने रबरको गोला रैछ ।
यता टालें उता टालें कति टालें यो जिन्दगी
जति टाल्यो उध्री जाने च्यात्तिएको झोला रैछ ।
रंगीन हुन्छ यो जवानी भन्दै थिए जान्ने सुन्ने
खडेरी झैं सुकी जाने बर्षातको खोला रैछ ।
के बनायौ यस्तो जीवन केही राख्न भुलेजस्तो
रंग विना फालिएको होलीको त्यो लोला रैछ ।
नपुग्ने नै रैछ भने के दियौ र त्यस्तो रहर
जिन्दगी नै भष्म पार्ने आगोको यो शोला रैछ ।
मनोज बोहरा
भक्तिपुर–७, सर्लाही
हालः काठमाडौं
