निष्प्राण त्यो चट्टानमा कति सत्यता छ
अनि मेरो चिहानमा कति सत्यता छ
बिरहले तड्पी रोएँ झुटो हो त्यो भन्यौ
सक्थ्यौ हेर्न सिरानमा कति सत्यता छ
तिमी बिना एकैपल बाँच्दिन म भन्थें
देख्यौ ? मेरो अडानमा कति सत्यता छ
खोला तरी बिर्सिएको लौरो झैं बनायौ
साँच्चै हेर उखानमा कति सत्यता छ
‘घायल’थ्यो आफै मर्यो मैले हैन भन्छौ
सोंच ! आफ्नै बयानमा कति सत्यता छ
गुप्तेश्वर-३,रामेछाप
हाल:रुवैस,अबुधाबी,युएई
