Skip to content


समयले पर्खेन,
ब्यस्तताले हो वा,
अनेकौ बाध्यताले,
हरेक दिन आफूलाई,
उनीहरू कै सेवामा लिन,
आफ्नो हासो भने,
हुरीले उडाएर लगे झैँ,
खै कहाँ हरायो काहाँ !
हेर्दछु आफूलाई
देख्छु अनुहारमा मुजा परेको
आखिर उमेर पनि त बितेको छैन,
तर पनि खै म,
नब्बे बर्षको बुढो झैँ भए छु !

भन्थे बुढापाकाले,
कता कति सुन्नेकी थिए,
चाहिन्न रे उमेर बुढो र रोगी हुन्,
अनुहारको चमक र खुशी उड्नलाई त !
मात्र आफन्तको चोट र कलह,
उनीहरूले दिने टेन्शन गर्ने घृणा,
आफ्नो जीवन सुम्पिएर,
जीवन्तसँगै बाच्न,
समर्पण गरेको साथीबाट,
अवहेलना भए पुग्छ रे !

खान त एक गास,
रुखो होश वा सुखो,
भए खाइन्छ नभए
मागेर भए पनि खाएकै हुन्छ रे,
आखिर पेटको लागि त हो नि,
कुकुरले पनि दश घर चाहर्छ,
कसैले दिन्छन त कसैले बचन लगाउछंन,
विचारा पाए खान्छ,
नपाए लामो जीव्रो र्याल झार्दै,
फ्या फ्या गर्दै लमतन्न सुत्दछ, !
आखिर ऊ पनि कति विवश छ !

चरा चुरूंगीले पनि त खाएकै हुन्छन,
दश दुनिया डुल्दै,
आफ्नै खुशी,
किन कि उनीहरू आफ्नो,
परिवारसँग साथ हुन्छन,
एक अर्कासँग गासिएका हुन्छन,
उनीहरू आफू स्वतन्त्र हुन्छन,
कसैको बन्देज र करकापमा हुदैन्न,
सायद त्यसैले पो होला
उनीहरू कहिले बुढो नै देखिदैन्न, !

तर मेरो अनुहारमा कहिले खुशी आएँन,
विवशता अनि बाध्यतामा अलग,
एकतिर कामको चपेटा,
अर्कोतिर पागलको सुसार,
भित्र भित्रै मम्बती झैँ,
बिस्तारै पग्लिदै गएको जीवन,
पीडा र आगोले जलेको मन खै कति सहनु,
काहाबाट ल्याउ म त्यो धैर्यता,
भो अब छैन मसँग त्यो तागत,
किन हो जीवन देखि नै,
निसासिएको छु, वाक्क लाग्छ कुनै बेला,
धिक्कार्दै यो जीवनलाई,
कत्ति रुनु आफन्तलाई सम्झेर,
माया र खुशीको पाउने,
आशा लगाएर त्यो प्रतिक्षामा,
दिन गन्दै त्यो कुराई, क्षणमा,
एक्कासी एनामा अनुहार हेर्न पुग्छु,
सबैतिर मुजा मुजा परेको देख्छु,
आँखाबाट नरोकी बगे आशुहरू,
सम्झन्छु आफ्नोको त्यागमा,
हेर जवानी त्यसै आज,
किन यसरी आफै,
बुढो हुन् बाध्य भएछ !

निशा खनाल अर्याल
हाल: इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *