ऊ जाँगरिलो छ तर गुनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ
अपराधीहरू त्यति खराब त हुदैनन्
सजाए नदिएर यो कानूनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ
ऊ नक्कली छे धेरै बाथरूम धाउछे
हेर ! त्यस्लाई ऐना र साबुनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ
नयाँ दम्पति, सानो जागिर, माग बढ्दो
बुझें मैले घर कसरी सुनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ
मदिरा लिएर पछ्याउदैछन् तरुनीहरू
हेर्दैछु निर्जललाई कुन-कुनले बिगार्छ
ऊ जाँगरिलो छ तर गुनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ
