Skip to content

चोमोलुङ्गमाको छाती


हराएको मुलुकमासित युद्ध चलिरहदा
प्रोथाहरूमा तुषारापात भैरहनेछ
देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको
हिउफूल ओइलिरहनेछन

यो कस्तो चक्रब्युह हो
स्वाभिमान तिलाञ्जली दिएर
दक्षिणी हावासँग परेड खेल्दै
राष्ट्रियता डकारेको सुहाउदैन

गुलिया बचनका पसलहरूमा
वाद र तन्त्र बेचेर
सयल निवास खडा गरेपछि
सुनगाभाको कन्दरातिर अर्जुनदृष्टि लगाएनौ
लालीगुरासको क्यानभास कोर्न सकेनौ

देश दुखेको पीडाको ऐठनले
छटपटीदै जुर्मुराएका ताकुराका आवाजहरू
जीर्ण कानहरूमा नपुग्दै बिलाउने भ्रम
गणतन्त्रको बगरमा सामन्ती महल नठडयाए हुन्छ
रेक्टरमा नाप्न नसक्ने भुकम्पको कम्पनले
गर्ल्यामगुर्लुम ढल्नेछ
ईतिहास साची छ
समयको लिखोट पद
उल्टो नदी बग्न सक्दैन

निश्चल काउचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *