Skip to content

नाग नागिनीको कथा


एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए । ती दम्पत्तीका तीन छोरा र एक छोरी थिए । सधै आफ्नो खेतबारी जोतेर अन्न आर्जन गर्ने र त्यसैबाट जीविका चलाउदै आएका किसानले एक दिन खेतमा जोतिरहदा माटोको डिल मुनी सर्पका धेरै डिम्माहरू रहेछन । तीमध्ये तीन बच्चा हलले कुल्चेर मारिएका रहेछन । आफ्ना सन्तानको माया जो सुकैलाई पनि हुन्छ चाहे मानिस हुन् वा कुनै प्राणी, आफ्ना तीन बच्चा मरेर लम्पसार परेको देखि नागिनीले अलाप बिलाप गर्न लागिन, त्यस्तो देखी नाग पनि रिसले चुर भएर आफ्ना बच्चा मार्ने सग बदला लिने प्रण गरे दुवैले ।

आँखाबाट आशु झरिरहेको मरेका बच्चाका आँखामा हेर्दा त्यो हल जोतिरहेको किसानको अनुहार खिचिएको रहेछ ।

दिनभरिको थकानमा फत्रक्क गलेर राति किसान आफ्ना बाल बच्चा सग सुतिरहेको बेलामा नाग नागिनीले किसानका दम्पती र दुई छोरालाई डसि मारि दिइन । क्रोधले चुर भएकी नागिनीले अँझै रिस फेर्न दोश्रो दिन बाँकीरहेकी एउटी छोरीलाई पनि डस्न जादा ऊ कचौरामा गाईको दुध लिई उभिइरहेकी थिई । नागलाई देखेर ती कन्या डरले काप्न लागिन र हातको कचौरा भूईमा नागको नागिनीको अगाडि राखी दिदै हात जोडी क्षमा माग्न थालिन ।

त्यो दिन श्रावण शुल्क पक्षको पंचमी तिथि अर्थात् नाग पंचमी । ती छोरीले दुध टक्र्याई अन्जानमा भएको केही गल्ती भए क्षमा माग्दा नागिनीलाई दया लागेर अति नै प्रशन्न, खुशी भई ती कन्यालाई बर माग्न भनिन । ती किसान कन्याले मेरेका माता पिता र दुई भाइलाई जीवित गराई दिदै नयाँ जीवनको बर मागिन् । अनि ती कन्याले जसले यो नाग पंचमीको दिन र हरपल जो मानिसले नागको पूजा गर्दछ उसलाई नागले कहिलै नड्शोष भनेर प्रार्थना गर्दा नागिनीले तथास्तु भनी गइन, अनि आफ्ना सबै परिबारलाई जीवित राख्न सफल भइन् ।

त्यस दिनदेखि यस शुक्ल पक्षको पंचमीलाई नाग पञ्चमी भनेर नामाकरण भएकोले नागको पूजा गर्ने चलन चल्यो । यस दिनमा किसानहरूले हल चलाउने या माटो जोत्ने, गोड्ने माटो सम्बन्धिको कुनै पनि काम गर्दैन् आजको दिन सागपात काट्ने काम खाने गर्दैनन, त्यस्ता द्यमुखी नाग नागिनीलाई मेरो पनि यो कोटी कोटी नमस्कार – “ओम नम शिवाय ।”

निशा खनाल अर्याल
हाल :इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *