Skip to content

गमलामा बलात्कृत फूल

MinThapa


फूल, फूलजस्तै मगमगाउँदो लालित्य नहुँदो रहेछ
फूल जीवनजस्तै मधुर सुगन्ध नहुँदो रहेछ
ओठको पाप्राबाट पत्रपत्र उप्किएको
हाँसोको टुक्रा ऐनामा प्रतिबिम्बित
प्रतिच्छाया बनेजस्तै
आलङ्कारिक बिम्ब नहुँदो रहेछ
बादलको चादरमा लम्पसार माथिमाथि
उड्दै चम्किरहने एउटा आशाजस्तै
स्वतन्त्र तारा पनि नहुँदो रहेछ
गमलामा फूल,
कुनै पनि यथार्थजस्तै नहुँदो रहेछ
कुनै पनि अस्तित्वको समग्रता नहुँदो रहेछ
गमलामा फूल,
माटोको र भएर
थोरै सिञ्चित पानीको शृंगार भएर
निर्मम चुसिरहने भवँराको अनुगुञ्जन भएर
कलिलो मुना जस्तो निर्दोष जवानी भएर
फूल गमलामा,
जीवनजस्तै इच्छाहरूको रिन सार्थकता नहुँदो रहेछ
हावाकणहरूजस्तै जीवनाभूतिहरूको सुगन्ध नहुँदो रहेछ
तिर्खाहरूजस्तै भने बेलाको आत्मसन्तुष्टि नहुँदो रहेछ
शरीर जस्तै कोमल हृदयको आङ्खनो शरीर आङ्खनो नहुँदो रहेछ
गमलामा फूल,
अरु फूलहरूजस्तै स्वच्छन्द जीवनाकास नहुँदो रहेछ

बिस्तरमा छरिएका सुगन्धहरूजस्तै
कुनै ऐयासी कामवासना जस्तो
या मानौं
पर्खालभित्र सौन्दर्यता,
पर्खालभित्र आर्तनाद,
पर्खालभित्रै रित्तो समग्रता,
पर्खालभित्रै निर्दिष्ट मालीहरू
गमलामा फूलहरू,
पर्खालभित्रको मात्र नहुँदो रहेछ
बिस्तरमा दिनहुँ चादर फेरेजस्तै
गमलामा फूल,
अर्को गमलाको पनि फूल हुँदो रहेछ

मीन थापा
कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *