कपिल अञ्जान, कोहलपुर, बाँके
भाद्र १६, २०७०
यही भाद्र १५ गते शनिबारका दिनमा १४८ औं मोती जयन्तीको अवसर पारी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा एक समारोहबीच कोहोलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भयो ।
प्राज्ञ सभाका सदस्य तथा समालोचक डा. दिपक गौतम (सुर्खेत)लाई स्व. तुलसीराम स्मृति पुरस्कार–०६९ र नगद सहित प्रमुख अतिथि गजलकार तथा समालोचक डा. नेत्र एटमले सम्मान गर्नु भयो । साथै पुष्कर रिजाल “पुष्प”को “मनका भावहरू” मुक्तक सङ्ग्रहको विमोचन गर्नुभएको थियो ।
महानन्द ढकालको सभापतित्व र कपिल अन्जानको सञ्चालनमा भएको सो कार्यक्रममा हेमप्रकाश मञ्जिल, जीवन सरोवर, लोकेन्द्र पौडेल, इन्द्ररबहादुर भण्डारी, हरिप्रसाद तिमील्सिना, प्रदीप भट्टराई, सागर गैरे, शंकर अशान्त, नरबहादुर मल्ल, अनुपमा करारा विवश, बालकृष्ण रेग्मी, प्रसन्न घिमिरे, शान्ति अधिकारी, कुवेर सिजाली, प्रतिभा प्रछुप्त, सिर्जन लम्साल, झलक पौडेल, गीता पौडेल, जे. सि. गाउँले, भक्तिप्रसाद आचार्य, पुष्कर रिजाल, सन्तोषि विष्ट, महेश अधिकारी, देवकिरण प्रवासी, दिल समपिर्त, मानव सहयात्री, नेत्र एटम, महानन्द ढकाल आदिले कविता, गजल, मुक्तक, हाइकु वाचन गरेका थिए ।
१५० जनाभन्दा बढीको उपस्थितिरहेको सो कार्यक्रम ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरमा सम्पन्न भएको थियो ।
सचिव– कपिल अञ्जान ९८४८१८३६५१

