झरेर पात शिशिर पार गर्छ, कलिला पालुवा पलाउन
भावनामा चुर्लुम्म आफैँ डुब्नु पर्छ, हजुर कलमलाई चलाउन
नशामा डुब्नेहरू अमृत सम्झी, पिउछौ सडाएको अन्न
मनुष्य जन्म यसै होइन तिम्रो, व्यर्थै ज्यान थलाउन
दौडन्छ कापीमा कलम खुबै, हर्षमा मद् मस्त बनी
धाराबाहिक रुपमा पर्छ यसले (कापी), घरि घरि घाँसलाई गलाउन
जिन्दगीको झन्डै आधा पल बित्छ, सैयामा हाम्रो साच्चैभन्दा
रुखले अनेक शस्त्र सहन्छ, खालि यो नाम कहलाउन
सुनैले ज्यान छपक्क ढाकी, मै हुँ भन्छन कोही यहाँ
चोट मात्र सहनी कहाँ होर यसले, कयौं माटो पर्छ छलाउन
यसको यस्तो उसको उस्तो, कति जल्छौ यहाँ आरिशैले
बेदनाका पलपल पार गरेका छन्, यहाँ हर चिजले त्यो रुप फलाउन
रमेश कँडेल
वामी – ५, गुल्मी नेपाल
हाल युगान्डा
