मलाई माया गर्न छानी हाल्यौ तिमीले
थुक्क बालुवामा पानी हाल्यौ तिमीले
मलाई आफ्नैले नि आफ्नो सोच्दैनन्
कसरी नजिकको ठानी हाल्यौ तिमीले
नाता सम्बन्ध ब्यापार सोच्ने मन्छे म
यो डुबेको धनमा लगानी हाल्यौ तिमीले
निर्जल पिपासु भन्ने हल्ला सुन्दासुन्दै
लुटेराको हातमा जवानी हाल्यौ तिमीले
