Skip to content

वेभक्याम्पको आकृतिविहीन पुरुष

  • by

वासन्ती लालिमा बोकेर धर्ती फुली, फक्री-आकाशले हेर्‍यो उसलाई बैंशले उन्मत्त भएकी धर्ती अदम्य वासना छरिरहेकी थिई । उसले बिस्तारै स्पर्श गर्‍यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी प्रेमका पालुवाहरू ! आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाले ती । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो ।

वासन्ती लालिमा बोकेर धर्ती फुली, फक्री-आकाशले हेर्‍यो उसलाई बैंशले उन्मत्त भएकी धर्ती अदम्य वासना छरिरहेकी थिई । उसले बिस्तारै स्पर्श गर्‍यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी प्रेमका पालुवाहरू ! आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाले ती । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो । केही समयको अलौकिक आनन्दका अनुभूतिहरू वितृष्णा र पीडामा जन्माएर आकाश हिँडिदियो । धर्ती एक्लै भई । ऊ छटपटीई, तडपिई । तर आकाश उसको चाहना बुझेर पनि बुझाउन सक्दैनथ्यो । थाहा पाएर पनि अनभिज्ञ भइदियो । यो उसको बाध्यता पनि थियो । ऊ गयो कतै टाढा धर्ती मात्र उसलाई हेरेर चित्त बुझाउन थाली । प्रकृति उसकी साथी थिई उसैले भेट गराइदिएकी थिई उसलाई आकाशसँग । तर अहिले प्रकृति पनि निराश छे, उजाड छे । उसले केही गर्न सकिन धर्तीलाई । ऊ धर्तीलाई सम्झाउँछे । अनि आकाशको बदला अरू विकल्प खोज्न भन्छे । तर ऊ मान्दिन पटक्कै मान्दिन । कहिलेकाहीं प्रकृति उसँग हुन्छे । राति आउँछे । उसँगै सुत्छे । धर्ती उसलाई ओढ्छे । आनन्द मान्छे । तर बिहान प्रकृति हिँडिसकेकी हुन्छे । उसको तन जलेको हुन्छ । मनले ज्वाला निकालिरहेको हुन्छ । ऊ चिसिएकी हुन्छे, ऊ थिलथिलिएकी हुन्छे । ओहो ! कस्तो मीठो सपना । शायद विपना भइदिए ! ऊ आकाशलाई हर्छे आकाश धेरै टाढा छ । आउने कुनै संकेत छैन । ऊ नुहाउन जान्छे । केही शीतलता हुन्छ । तर यो त कृत्रिम हो । उफ ! कृत्रिमताबाट पनि कहीं सन्तुष्टि प्राप्त हुन्छ – प्रकृति उसकी साथी हो तर कहिलेकाहीं उसलाई शत्रु झैं लाग्छे । यो सब त्यसैको काम हो ऊ नभए ऊ यसरी विचलित हुनु पर्दैनथ्यो । कुनै मृगतृष्णामा तड्पिनु पर्दैनथ्यो । तर पनि ऊ प्रकृतिलाई छोड्न सक्दिन ।

ओहो ! चारैतिर ज्वालामुखी छ, विस्फोट छ, आगो छ । कतै शीतलता छैन राप र तापले तन जलिरहेछ । कसले बुझछ धर्तीको पीडा । ऊ मर्दै, बाँच्दै गर्छे कुनै दिन आउँछ आकाश वायुयानमा चढेर अत्यन्तै रफ्तार र आवाजका साथ । ऊ त्यो दिनको प्रतीक्षामा आफूलाई भुलाउँछे । समयलाई सारिदिन्छे । तर वर्तमान उसलाई पोल्छ, डाह हुन्छ । प्रत्येक दिन स्नेहालु आँखाले हर्छे अकाशलाई, तर खोई बुझेको उसले । शायद उसले बुझेको हुनुपर्छ तर बाध्यता र विवशताको कालचक्री पञ्जाले उसलाई निलेको हुनुपर्छ । कुनैदिन आकाश आउँनेछ अनि धर्तीको सम्पूर्ण इच्छा पूरा गर्नेछ । धितमरुञ्जेल धर्ती र आकाशको समागम हुनेछ । धर्ती त्यही आशामा सास फेरिरहन्छे ।

सृष्टिले धर्तीको कथा पढी । उसले सुनी धर्तीको आर्तनाद । उसले आफूलाई धर्तीसँग साटिदिई । धर्तीको आकाशझैं उसको पनि कुनै पुरुष थियो । उसको वासन्ती पालुवामा प्रेमको अंकुरण गराएर कतै हराएको थियो । यो उसको बाध्यता थियो । त्यसैले ऊ परिवेशको दास भयो । धर्तीले आकाशलाई टाढाबाट हेरेझैं ऊ पनि हेर्ने गर्छे आफ्नो पुरुषलाई वेभक्याम्पमा । छुन खोज्छे तर यो सब भ्रम हो । ऊ भ्रमसँगै बाँच्न बाध्य हुन्छे । धर्तीले प्रकृतिलाई साथी बनाएझैं ऊ पनि भ्रमलाई साथी बनाउँछे । सधैं भ्रम उसँग सुत्न आउछ । ऊ पनि रमाउँछे । भ्रमसँगै सुत्छे । सपनामा हराउँछे । बिहान उज्यालो हुन्छ, भ्रम हिँडिसकेको हुन्छ । अनि दिनभरि ऊ एक्लै हुन्छे । दिउसो ऊ एक्लै हुँदा कतै मीठो वासना चल्छ । तिर्सना जाग्छ । मल्टीमिडियाका उत्पादनले उसको तिर्सना मेट्न सक्दैन । महङ्गामहङ्गा जुसले उसको प्यास बुझदैन । ऊ छटपटिन्छे । हेर्छे भ्रम छैन ऊ बरालिन खोज्छे । जीउ रापिन्छ, मन तापिन्छ । जताततै क्रन्दन छ, ज्वालामुखी छ र छटपटी छ । ऊ पुरुषलाई सम्झन्छे । कतै शीतलता छैन । कृत्रिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । कतै भेट्छे कि शीतलता अहँ …. छैन, कृत्रिम शीतलता उसको लागि मूल्यहीन भइसक्यो । ऊ देख्छे कतै पुरुषको आगमन भइरहेछ । ऊ लट्ठिन्छे त्यतैतिर । ऊ मोहित हुन्छे, आकषिर्त हुन्छे तर फेरि साँझ पर्छ भ्रम आइपुग्छ । भ्रमले खबरदारी गर्छ । उसलाई अब भ्रम मित्र हैन शत्रुझैं लाग्छ । भ्रमले उसलाई बाँच्न हैन मर्न सिकाएको छ तर्सथ अब ऊ भ्रमको संगत छोड्न तयार हुन्छे । ऊ धर्तीको कथा सम्झन्छे । तर ऊ धर्ती हैन ऊ मानिस हो, ऊ यथार्थ हो ।

नजिकै उसले देखी पुरुषको अर्को रूप । उसले कल्पना गरी यो उसको पुरुष हो अरू कोही होइन । एउटा मीठो आकर्षाले तानिई ऊ । त्यो पुरुषको आकृति सल्बलायो । उसको पुरुष पनि यस्तै थियो । पक्कै उही हुनुपर्छ । उसले सुम्पिदिई आफूलाई पुरुषसँग । उसले बिर्सिदिई संसारलाई, उसको मृत शरीरमा संजीवनी प्राप्त भयो । उसको ढुकढुकी बढ्यो । ऊ वास्तवमा बाँच्न सफल भई नत्र भने ऊ मरिसकेकी थिई उसको शरीरको कणकण उमङ्गित भयो । उसको जर्जर मरुभूमि बनेको तनमा घनघोर वर्षा भयो । ऊ आनन्दले रुझिरही । उसले शारदीय आनन्द प्राप्त गरिसकेकी थिई । ऊ आनन्दले पागल जस्तै भई । उसले बिर्सिदिई आफ्नो पुरुषलाई । उसको पुरुष साटिइसकेको थियो । उसको वेभक्याम्पमा देखापर्ने पुरुष बिस्तारै आकृतिविहीन भएर हराउन थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *