Skip to content


एकैछिन फुर्सत छैन यता उता जतातता
अस्त ब्यस्त मस्त छ जीवन केके गर्दै
एकैछिन स्थिर् छैन यो गति
खै केको लागि, केको लागि ?

एकान्तमा भेट गर्दा, ऊ सधै एक्लै एकै,
न उसलाई फुर्सत छ एकान्तमा बात मार्न
न ऊ सोच्न सक्छ,
आफूभित्रको आफूसँग कुरा गर्न,
सधै अस्त व्यस्त
खै केको लागि केको लागि ?

कुनै उत्तर कतै भेटिदैन,
सधै अस्त ब्यस्त जीवन जहाँ हेर्यो त्यहाँ त्यहाँ
एकान्तमा बसी रुन पनि
भ्याउदैन सबैसँग भेट्दा हाँस्ने फुर्सत छैन
मन खोलेर शान्तिसँग कुरा गर्ने कुनै मौका छैन
मन मनमा सधै अस्त व्यस्त,
खै केको लागि केको लागि ?

जीवन यसै खेर गयो भनो या के ?
सधै नै व्यस्त व्यस्तभित्र फेरि सुन्य सुन्य
आफूभित्रको आफू कता कता ?
बाहिरी अस्त ब्यस्त
खै केको लागि केको लागि ?
न आफ्नु लागि न अरुको लागि
गति छ सधै अविरल अविरल
खै केको लागि केको लागि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *