बाटो छेक्नेहरु जाओ वैद्यबाको नजीकमा
लुटेराहरु लौ लाग वैद्यबाकै समीपमा ।
अपहरणमा लाग चन्दा आतङ्कमा भीड
अन्यत्र छैन यो धन्दा बैद्यजीका सँगै हिड ।
के भनौ के भनौ मित्र सकिए अरुका दिन
गएछन् अरुका हेर फर्किए वैंद्यका दिन ।
सबै मुन्द्रे यता लाग भित्ती भोगीहरु भीड
ढिलो भो अझ भो ढीलो चाँडोचाँडो गरी हिड ।
