१
सम तातो सम चिसो जीवनको चाहा
विडम्बना अर्कै रैछ बन्न गयो पाहा
सपनीमा भोगे मैले राम्रो कमल फूल
बिपनीमा सजाउँदा सबले गरे डाहा
२
सुमार्ग चल्नेलाई चल्न दिए हुन्छ
बत्ती आफै बल्छ भने बल्न दिए हुन्छ
सबै जुटी शान्ति वाग निमार्ण गर्दै जाँदा
अमृतफल फल्छ त्यहाँ फल्न दिए हुन्छ
३
विकृतिले ढाके पछि सेतो पनि कालो हुन्छ
जिर्ण पर्दै बस्त्र गए टाल्नलाइ टालो हुन्छ
शुद्धिकरणको आवश्यक्ता छ संसारमा मित्र
सुमार्गको निमार्ण गर्न आाफ्नै आफ्नै पालो हुन्छ
सदानन्द अभागी
