Skip to content

हरियाली वन

KhagendraKhilaphee


हरियाली वन, फाडे नेताज्यूले
भाइ-भाइबिच, भाडे नेताज्यूले

हेर्दा हेर्दै आज, धरासायी पारी,
देश अलपत्र, छाडे नेताज्यूले

टुट्दै गयो अब, हामीमा एकता,
दुश्मनीको जरा गाडे नेताज्यूले

देश रित्तो पारी, देशको सम्पती,
मिलीजुली यहाँ, बाडे नेताज्यूले

महंगीको ठुलो उपहार दिदै,
जनताका छाला काडे नेताज्यूले

खगेन्द्र खिलाफी राई
रेगिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *