Skip to content

को आफ्नो को पराइ ?


मनको हेराइ, आफ्नो, पराई आफ्नो
हेराइ र सम्झाई मात्र पराई र आफ्नो
सही गलत, गलत सही, उल्टा-पाल्टी
मान्छेको मन छारस्ट, अन्धाधुन्ध
गलत सही, सही गलत हेराइ नै हो जे हो
दृष्टि बिडम्बना दृश्य उही
रगतै रगत सिंचिदा सुकेर
टाटो परेको
खोस्री खोस्री मलम दल्दा
पनि टाटो त टाटाको टाटै
यही पीरले मार्छ
आफ्नो पराई पराई
आफ्नो को?
को पराई आफ्नो ?
असल भए सबै आफ्नो
जता पुग्छ, अन्धो हिंड्छ
जे जे बुझ्छ त्यही गर्छ
सही सरल बाटो कहाँ भेट्छ?
को आफ्नो को पराई
चिन्ने भुल पर्छ भुल गर्छ,
को आफ्नोको पराई ?
ठाने सबै आफ्नो
संसारमा को छ त आफ्नो ?
आफू नै आफ्नो आफूलाई सबै आफ्नो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *