Skip to content

आफन्तको प्रगतिमा


आफन्तको प्रगतिमा भुतुक्क भै मर्छन मान्छे
दु:ख पर्दा बिर्सी दिन्छन हदै तल झर्छन मान्छे

सोचेका छन् ठूलो ठालु जान्ने बुझ्ने आफू मात्रै
फाइदा हुने कुरा आए आफैँ अघि सर्छन मान्छे

मुखले राम राम भने पनि छुरा हुन्छ बगलीमा
मौका पाए निमुखाको बास गाँसै हर्छन मान्छे

रुने जति रोएकै छन् भोका मर्छन भुतुभुतु
शोक सुर्ता छैन केही आफ्नै भुँडी भर्छन मान्छे

तेरो मेरोभन्दा भन्दै छोड्नु पर्छ जिन्दगानी
यस्तो लाग्छ नबुझेरै यो नादानी गर्छन मान्छे

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क
आश्विन ५,२०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *