म एउटा कविता लेख्दा लेख्दै रोकिएँ
फेरि प्रेम कथा लेख्दा लेख्दै रोकिएँ
जब उस्ले आम्दानीको हिसाब खोजी
आफ्नो जायज्याथा लेख्दा लेख्दै रोकिएँ
हारेको कलमले गुनासोको कागज भर्न
जीवनभरिको ब्यथा लेख्दा लेख्दै रोकिएँ
मौसम सगै साथी फेरिने तिम्रो शहरको
खोक्रो प्रेम सभ्यता लेख्दा लेख्दै रोकिए
निर्जलको बिशवासलाई कुठाराघात गर्ने
उफ ! त्यो बाध्यता लेख्दा लेख्दै रोकिएँ
