मेरो माया उनीलाई नै
नून झै भएछ
हाट बजार धाउनेलाई
सुन झै भएछ ।।
गरीब भन्छ सबले मलाई माया टिक्दैन
दुइदिने जिन्दगीलाई हो पैसामा बिक्दैन
साँचो माया लाउने नि
जून झै गएछ
हाटबजार धाउनेलाई
सुन झै भएछ
मेरो माया उनीलाई नै
नून झै भएछ
हाटबजार धाउनेलाई सुन झै भएछ ।।
निधारैमा रातो टीका अरूले नै भरेछ
छुट्नु रैछ छुटाई दियो दैवले नै गरेछ
मनको घाउ नमेटिने नि
खुन झै रहेछ
हाटबजार धाउनेलाई
सुन झै भएछ
मेरो माया उनीलाई नै
नून झै भएछ
हाटबजार धाउनेलाई सुन भएछ ।।
