दशैँ र दशा
एकैसाथ भित्रियो
कठै दोलखा ।
यो उपहार
मनभन्दा गरुङ्गो
फूलको माला ।
उज्यालो छैन
रित्तिएको सिउदो
युद्धको चोट ।
यो निर्बाचन
मसल र मसला
मनी पावर ।
तिम्रो रुमाल
अतित ब्युझाउछ
मायाको चिनो ।
यो मरुभूमि
सार्है बैगुनी छ
तिमी सन्चै छौ ?
अस्तु :
