भाग्य लेख्ने भावीसँग आज बाजी मार्नु थियो
आफ्नो भाग्य आफै लेखी जित हात पार्नु थियो
ढुंगासँगै पै’रो लड्यो मैले हिड्ने बाटैभरि,
बल बुद्धि सक्दो लाएँ पाईला अघि सार्नु थियो
कस्ले रोक्ने कस्ले छेक्ने छाती पिटें उर्दी दिदै,
जिन्दगीको सग्लो डुंगा पारि खोला तार्नु थियो
धर्म कर्म सही सत्य मुटु माझ संगालेर,
सद्भावको पर्खालमा अर्को बार बार्नु थियो
साथी संगी तर्से सबै”कल्पना”को बुद्धि देखी,
दुनियाले झारे तारा मैले जून झार्नु थियो
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
