धेरै बर्ष भयो,
भेट भाको छैन आमा,
विवशताले टाढिए ! कस्ती भयौ ?
देख्न पाको छैन आमा ।
सुन्छु रुन्छौ रे तिमी त्यहाँ,
म पनि त त्यस्तै नै छु !
न बगाउँन आशु धेरै,
एक दिन भेट्न आउछु आमा ।
फूल झैँ फक्री रमाउँन भन्दै,
सन्तानको लागि अँझै,
आशु झार्दै बसेकी छु
म पनि त अँझै आमा ।
जीवनको संधर्षमा,
खुशी छैन म पनि त !
जहाँ तहा ठक्कर खादै,
मर्दै बाच्दै गर्छु आमा ।
दुख कष्ट झेल्दै हिड्दा,
कति लागे दाग पनि,
सुकेको त्यो खोट घाऊ,
फेरि बल्झियो हेर्नु आमा ।
जीवनको यात्रा यस्तै,
सपना झैँ हुन्छ सधै,
कल्पनाको महलमा,
बसेकी छु सधै आमा ।
न खानु न त पिउनु,
मिलनको प्रतिक्षामा,
पागलको चाकडी गर्दै
दिन त्यसै बित्छ आमा ।
साची रैछु मनभरि,
प्यासको त्यो तृष्णा बोकी,
अंगालो त्यो आफन्तको,
सागर जस्तो धोको बोकी,
आजसम्म साहशले,
कठिनाइको सामना गर्दै,
दिन रात कल्पी कल्पी,
दाग लाको छैन आमा ।
