Skip to content


एफिल टावरतिर हालिएका फालहरू
मनले बर्लिन पर्खाल भत्काउदै
धरहराको टुप्पो चुम्दै
सगरमाथाको घनचक्कर लगायो ।

देशले मलाई सोध्यो
ए ! रेकुटे
तलाई देशको माया लाग्दैन ?

देशको भोटो फाट्यो भन्छस
सियो, धागो बोक्ने काध उतै राख्छस
देश भत्कियो भन्छस
देश सिउने दश नङ्ग्रा उतै खियाउछस
कुन नैतिकताले भन्छस
देश बिग्रियो ।

निश्चल काउचा
चौराहा -१ – बाग्लुङ
हाल – दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *