आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।
आफ्नो धर्मलाई हिन अरु धर्मकोलाई ऊच्च मान्दै आँखामा खुर्सानीको धुलो छ्याप्ने, पैसामा आफूलाई मात्र हैन देशको छवि र हिन्दु संस्कारलाई नै घृणा गर्दै धर्मको हिनता गरी बिदेशीहरूको लय लयमा आफूलाई नोकर बनाएर तिनीहरूको धर्मको प्रचार र आदर गर्ने, देशको गर्व र हिन्दु धर्मको शक्तिलाई लत्याउदै समाजमा विभिन्न किसिमको अपवाद फैलाएर द्धन्द गराउदै हिड्ने हिन्दुको नाममा कलंकित मानिस हो खबरदार ।
देशको राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, असिक्षा र असुविधाको कारण अरु कोही हैन तिमी हामी आफै हौ । एकपल्ट अरु धर्मसँग आफ्नो संस्कार र धर्मलाई तुलना गरेर हेर । देश भित्रको सुन्दर प्रकृतिले दिएका अनेकौ दृष्य लेक झरना, पहाड र हिमाल लगायत सुन्दर चित्रले कुदिएका प्राकृतिक मन्दिर, मूर्ति र प्राकृतिक अनेकौ बनजंगलहरूबाट आउने मिठा कुहु कुहु, चिर्चिर जस्ता सुन्दर घुनहरूको खानी देशका उपहारलाई मनन गर, र हाम्रो आफ्नो धर्म हजारौ हजार बर्ष देखि चल्दै आएको शक्ति शाली धर्म अन्य कुनै देशमा छैन ।
आफ्नो सङ्गठन बलियो बनाउन अरुको देशमा पसेर धर्मको नाममा अपवाद फैलाउदै पैसाले किन्दै आएका ढोंगी बिदेशी धर्मलाई हेर जसले अरुलाई नाना भाति अपशब्दबाट सम्बोधन गर्ने र तेरो धर्म यस्तो भनेर हाम्रो स्न्सकर्लाई पैताला मुनि राख्न खोज्दा, तिम्रै आगाडी घृणा गर्दै उनीहरूको धर्म ठुलो भनेर तुलना गर्दा तिम्रो शिर झुकाएको देख्दैनौ कि क्याहो ? यदि उनीहरूमा कुनै स्वार्थ नहुने हो भने किन आफ्नो धर्मको पैसामा लिलाम गर्थे होलान त ?
हाम्रो -धर्ममा व्याप्त कुरीतिहरू र भेदभाव भएको कारणको प्रकोप देखाउदै उनीहरूको धर्म ग्रहण गरेपछि शान्ति, अमन चयन र समानता प्राप्त हुने हो भने किन उनीहरूसँगै त्यही देश लाग्दैनन् त ? फेरि तिमी आफ्नो संस्कार र धर्मलाई नै घृणा गर्नेले किन अंश लिन आफ्नै आमा बुवाको सन्तान भनेर दाबी गर्छौ ?
नेपालको कानूनमा कुनै धर्मको प्रचार-प्रसार र कुनै ठाउको रीति रिवाज सस्कारलाई आक्षेप लगाएको पाएका छौ ? तर बिदेशीहरूले जहिले पनि पैसा, शिक्षा, रोजगार जस्ता प्रलोभन दिएर आफ्नो संघठन बढाउन र बलियो पार्न र अरुको देशमा आएर राज गर्न ढोंगी धर्मको प्रचार प्रसार गर्दै विदेशबाट जुटनुको कारण के को लागि होला भनेर एकपल्ट निहालेर सोचेका छौ ? यसरी धर्म परिवर्तन गराउन मोटो रकम दिनुको तात्पर्य के हो त ?
किन हामीले हाम्रो धर्ममा यसरी पैसा दिदैनौ भनेर तुलना गर । किन कि उनीहरूको धर्ममा शान्ति र शक्ति छैन, एकता छैन उनीहरू आफ्नो देशमा शक्ति कायम गर्न नसकेर हामी जस्ता सोझा साझालाई गाउ घरमा पसेर मिठो बोलीले पैसाको लोभ देखाउदै देशको शान्ति खोस्न आएका हुन् जसमा मात्र किन बेचको व्यापार छ अशान्ति छ । तर हाम्रो धर्म आफैमा मजबुत, उदारहणीय, गौरब, शक्तिशाली, आन्नदको खानी र शान्त छ त्यस्तो शक्ति र शान्तिलाई हेर्न नसकेर बिदेशीहरूले अन्य त्यहाका संघ सस्थाबाट मोटो रकम पाउनेले यसलाई अन्धो झैँ गरी धन्दाको रुपमा आफ्नो नामलाई जयजयकार गराउन आफू ठुलो बन्दै, देश भित्रको इतिहासिक मन्दिरलाई नै ध्वस्त पर्दा तिम्रो देशको गर्व इतिहासलाई नै नष्ट पार्न तलिन हुदा पनि तिमी आज यसरी मौन छौ ?
भोलि के तिमीलाई आफ्नो देश भत्किए पछि एकताबाट फुटाएर एक्लो हुदा पछि तिमीलाई उसलेसँगै लान्छ भनेर सोचेका छौ कि? आँखा खोल अहिले पनि केही बितेको छैन, बिदेशी दलाललाई देशबाट लखेट नत्र भने एक दिन तिमी न आफन्तको हुने छौ न बिदेशी गुलामको……त्यो बेला तिमीलाई कठै भन्ने कोही हुने छैन ।
निशा खनाल अर्याल
इजरायल
