Skip to content


हिजोसम्म आफ्नै आँखाअघि
गोली लगेर वा खुकुरी प्रहर हुँदा,
पीडा थाम्न नसकी ऐया ऐया भनी चिच्याउदा पनि
शत्रु ठानेर ठिक्क पर्यो भन्ने समर बहादुर”विजय”
आज चुनाब र विकास अनि सुरक्षाको खोक्रो सपना दिंदै
भोट मागिरहेछ ।
यही आँखा हो उसलाई त्यस रुपमा देख्ने
जतिखेर बाआमालाई पनि अनपढ र बुज्रुक ठान्ने
दाजुभाइ सबै सत्रु, गाउलेहरू शोषक रे !
धर्म र संस्कृति मान्ने सबै मुर्ख र धुर्तहरू रे !
तर अहिले तिनै मानिस र समाजको साथ
नभई भएन रे ! उसले चुनाब जित्नु पर्यो रे !
ऊ हार्यो भने संबिधान बन्दैन रे ।
यो कस्तो लोकतन्त्र !
यो कस्तो गणतन्त्र ! यो कस्तो प्रजातन्त्र
जहाँ जनताको संबिधान बनाउन उसैले लड्नु पर्ने
देशको विकास गर्न उसैले जित्नु पर्ने
होइन भने ! ऊ धम्कि दिन्छ,
यहाँ जे पनि हुन सक्छ,
कोही नरहन पनि सक्छ,
म त समाज बदल्ने मान्छे,
अरु त कोही मान्छे नै होइनन
सबै पशु हुन्
तरमा भन्छु फेरि
तिमी पशुमाथि शासन गर्ने कुन प्रजातन्त्रको मान्छे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *