Skip to content

बुक पर फेसबुक वर


उम्रदैकी छोरी किताब पर राख्छे
फेसबुकवाला मोवाइल वर सार्छे ।
त्यसो नगरभन्दा
फेसबुक चलाउन नपाउँदा
आत्महत्या गरेकी छोरी सम्झी भन्छे ।

आफूलाई भने थाहा छैन,
नेताले मसँग भोट माग्यो भन्छे,
खै कसलाई पो भन्थी,
मेरो मन राख्न त्यसैलाई भोट देऊ भन्छे ।

सामाजिक सञ्जाल भन्छन्,
फुर्सद मिल्यो कि झुण्डिहाल्छन्,
हाँस्नु कि रुनु
फेसबुककै लागि दिनहुँ
महाभारत युद्ध छेड्छन् ।

विज्ञान–प्रविधिले के ल्याइदियो, दियो
दिनहुँ हैरान पाइयो
जान्नेलाई श्रीखण्ड हो क्यारे
नजान्नेलाई चै
हँसियाकै बिंड भइदियो,
यो फेसबुक–संसार के हो, हो
रातोदिन झमेलामा फँसाइ दियो ।
नाना थरीका कुरा राखेर
जग हँसाइको माध्यम भइदियो ।

–लक्ष्मी रिजाल
लिटिल फ्लावर सेकेण्डरी स्कूल
रूपनगर–७, प्रगतिटोल, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *