घाइतेमाथि नै खुकुरीको धार चल्दो रैछ
अरे यहाँ त लाशको नि व्यापार चल्दो रैछ
जो होचो उस्कै मुखमा घोचो भने जस्तै देखें
गरिबमाथि धनीको अत्याचार चल्दो रैछ
सँगै जिउँछौसँगै मर्छौं भन्नेहरू छुट्या पाएँ
अचम्म भो यसरी नि घरबार चल्दो रैछ
आजभोलि त मासुसँगै हाड पनि बिक्रीमा छ
र त त्यो ज्यानको किनबेच मारामार चल्दो रैछ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
