दु:खद हारमा पनि, जित देखे मैले,
संसार भरी नै उस्तै, रित देखे मैले
चोट परेपछि, भिज्नु पर्थ्यो आँखाहरू,
पातमा झै, परेलिमा शित देखे मैले
गाँस छोड्नु, साथ नछोड्नु भन्छन,
मित्रको अर्थ, नबुझ्ने मित देखे मैले
फुल सु-कोमल, र त भमरा मरी मेट्छ,
तिम्रो कसम, काँडामा नि प्रीत देखे मैले
सुबेन “सरगम”
हाल-यु, ए, इ
