Skip to content


सर्वस्व बिर्सेर गइन
धेरै टाढा टाढा वादलपारiको शहरमा
उन्ले बाचा गरिन
अब समय नभई नफर्किने सर्तहरूमा

उन्ले बिनासित्ती माया मारिन्न
उन्को मन,मुटु छिया छिया भएरै दुख्यो
आबेसी चित्कारमा रोइन, कराइन
हर – गुहार मागिन
तर कसैले उन्को आवाजलाई सुनिदिएन्न

केवल,
झिनो आशा र सपना बोकेर बसेकी थिइन
तर ती आशा र सपनाहरू सबै लत्याई दिए
आजका हामी होनहार मान्छेहरूले

“अँझै गुनासो यही छ उन्को हामी प्रति”

चाहेनौ पुरानो सत्ता हामीले
हटायौ राजतन्त्र
बदलामा बीउ रोप्यौ
प्रकृतिको छाँतीमा लोकतन्त्र

तर आज त्यही लोकतन्त्र
बन्द-हडताल,अत्याचारी शोषण,दमन
राँके जुलूस भएको छ

सक्दिन्न बिर्सन उनी
यी पीडादायी घाऊहरूलाई लुकाउन
न त सक्छिन
बिगतका काला रातहरूलाई भुलेर बस्न

दोषी थिइन्न
तर हामीले दोषको भारी थोपार्यौ
अनि गर्यौ
अन्ततः बिभतस्व हत्या

हामी कति नरपिचाश भएका छौ
मान्छे भएर पनि दाँनवको व्यवहार
अब हामी बिउझाउन सक्दैनौ
जन्म सिद्ध छ तर मृत्यु अपरिहार्य

हो ! अब उनी साँच्चै नै आउने छैन
चाहेर पनि
हामी मान्छे भएर मान्छे नबनिंजेलसम्म
यो हाम्रो दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *