चितवन एक जिल्ला हो नारायणी अंचलको
चितवन भन्ने सुन्नासाथ मेरो मन् पनि चंचलभो
चितवनको सदरमुकाम भरतपुर हो
नारायणगढ यहाँको ठूलो नै शहर हो
सीमाना यस्को पूर्वमा पर्छ मकवानपुर लौ
नवलप्रासी पश्चिममा पर्ने सीमाना यस्को हौ
उत्तरपट्टि तनहु, गोर्खा दक्षिणमा पर्सा छ
जंगल बढी भएको हुँदा प्रसस्त बर्षा छ
यसको आकार हँसिया जस्तो पूर्वमा साँगुरो
उत्तरपट्टि उठेको राम्रो के राम्रो टाकुरो
पश्चिमतिर साँगुरो भई चुच्चो छ परेको
उत्तर पहाड दक्षिणपट्टि मैदान रहेको
स्व कर्णबहादुर माझी
