Skip to content

जून हराएको साँझ

  • by


म सधैं जस्तै
आज पनि जून पर्खिरहेको छु
प्रिय जूनकै प्रतिक्षामा छु
किनकि म जूनलाई
आज भोलि असाध्यै मन पराउछु

मानौ उस्को सगरमाथा झै अटल सुन्दरता
उस्को मोहिनी हेराई उस्को हँसिलो मुस्कानमा
मेरो हृदय हिउँ जस्तै पग्लन्छ
पानी पानी भएर छ-छल्किन्छ मन

दर्शनविनाको दिन खुम्चिन्छ मेरो अनुहार
म पागल सरी छटपटाउछु
कता कता चिसो हावाले पिरोल्छ मलाई
हो म हिजो अस्ति जस्तै
आज पनि जून खोजिरहेको छु

हिजो अस्ति त अलि हतार हुन्थ्यो
तर आज किन खै ? उन्को उपस्थिति छैन
आकाश खुल्लै छ
धुम्मिएको कुहिरोको अनुहार देख्दिन म
कत्तै हत्या त भएन

आजकल
बाटो बाटोमा मृत्यु जन्मिन्छ
पाईलै पित्छे मृत्यले पच्छ्याउछ
कतै उनी त परिन्न
अंह !
यो हुन सक्दैन
उन्ले मलाई विनासित्ती छाडेर अन्तै लाग्दिन्न
उन्लाई थाहा छ
म एक्लिएर हजारौ रातदिन बिताएको छु
यो सहराबिहीन संसारमा

हे ईश्वर !
मेरो अँझै आशा र पुकार छ हजुरसँग
कतै मेरी जून हजुरसमक्ष त आइनन्
बिन्ती छ
यो अंधेरी रातको श्रीष्टीमा म बहुलाइसकें

हे ईश्वर यदि मेरी जूनको मृत्यु भो भने
आज देखि
ईश्वर भन्ने छैन तलाई
केवल भ्रष्ट अपराधी हत्यारा मात्रै भन्ने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *