Skip to content


निस्सार छ देश
गिज्याइरहेछ
सुनसान सडक
गिज्याइरहेछ
सुन्य आकाश

बर्दीधारी बुटको आवाज
र
खोलाको गीत
खाएन मेल
सुनियो कर्कश

बुढो पहाडको हुकाँरले
घना वृष्टि हुदैन
महोदय
घना वृष्टि हुन
भ्यागुताको ट्वार-ट्वार
आवाज चाहिन्छ

अब
बुढो घोडाको टापले
कसैको मुटुमा ध्याङ्ग्रो ठोक्दैन

नस्ल चेतन युगमा
माखेसाङ्लो र जंजिरले
युगिन बस्तीहरू बाधिन सक्दैनन
स्वाधिन युगको मोचन भैसक्यो

पहिलो घामको झुल्कोले
गह्रा, आलीहरूमा
र
झुपडीहरूमा
उदघोष लाली पोत्दै
पखेटा फिजाई सक्यो

महोदय
अब
बुढो पहाडको गर्जनले
घना वृष्टि हुदैन

निश्चल काउचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *