कलमको निभले होइन
बन्दुकको सँगिनले लेखेको
ईतिहास
समय पर्दाले घुम्टो उघारेर
नेपथ्यमा भेद खुल्दैछ
पाईला- पाईलामा थापेका वादका धरापहरू
पाटा फर्काएर लादिएका धर्म
पुर्खाहरू देउरालीमा पाती चदाइ
दोस्रो विश्व युद्धमा लखेतीए
आँखा जुधाएर हेर्नेको
कान र नाक
धार्नी र बिसौलीमा जोखिए
जात-पातको चंगुलमा फसिएर
रिकुटे बनिरहेऔ
कोतघरमा बोका छप्काउदै
आफ्नै पुर्खा मारिएको उपलक्ष्यमा
निधारमा रातो टीका टल्कायौ
ठुलाठालुको भतेरमा टपरीमा भुँडी भरेऔ
काला कालखण्ड चिरेर
नस्ल चेतन आवृष्टिले रुझिसके
माफ गर्नुस ! महाशय
अब, म
बलिको बोको बन्दिन ।
निश्चल काउचा मगर
चौराहा – १ – बाग्लुङ
