Skip to content

गजल (हिजोको रात सम्झिएँ)


हिजोको रात सम्झिएँ
अनि पौनेसात सम्झिएँ

बेशरम सल्बलाएका ती
तिम्रो हात सम्झिएँ

कानमा सास फेर्दाको
हुरि बतास सम्झिएँ

के हो के हो भन्थेँ म
त्यो पर्दाफास सम्झिएँ

हिजोको रात सम्झिएँ
अनि पौनेसात सम्झिएँ

1 thought on “गजल (हिजोको रात सम्झिएँ)”

  1. love
    विश्वास नगर येहा कसैको ,
    पश्चातापको भुमरीमा पर्नुपर्ला,
    छेडिक खुसीमा रम्न नखोज
    जीवनभर आशुमा डुब्नुपर्ला
    मुटु साटेर जिउन नखोज
    प्यासमा बिष पिउनुपर्ल
    बिस्वासको माला गास्न नखोज
    आफ्नो अस्तित्यो गुमाउनुपर्ला ||||||

Leave a Reply

Your email address will not be published. Required fields are marked *