विभेदकारी समाज यो, मान्छे बीच दु:खाव छन्
रुढीवादी रीति रिवाज, पालन कर्ता झुकाव छन्
अफिमभन्दा कडा नशा, फैले’कै छ यो जातभित्र
विज्ञानको यो जमानामा, आत्मा ज्ञानी अभाव छन्
सम-धर्मी पण्डित बाजे, सद्ज्ञानका पुराण घोक
ठूलो-सानो जात भन्छौ, मिथ्या कथन खराव छन्
ढोंगी रोगी जञ्जिरमा, जकडिंदै बाँच्छौ तिमी
परिवर्तन खोक्छौ मात्र, प्रवृत्तिमा नकाव छन्
नगरभो पण्डित बाजे, पाखण्डीका झुट्टा बखान
कालो पट्टी खोली हेर, तिम्रै आत्मा छुटाव छन्
रुप अनुरागी
अप्रिल, १५ दमौली, तनहु, हाल: दुबई यु ए ई
