प्रिय भनिदेऊ मलाई
यो प्रेम दिवश भनेको के हो ?
तिमी त भन्दछौ होला
यो युगल जोडीहरूको प्रेम उत्सबको दिन हो
यो मन मिलेका मान्छेलाई प्रेम प्रस्ताब राखिने दिन हो
तर दु:ख नमान
म यी परी भाषाहरूमा कतै पनि छोइएको छैन
म यी उपहाररूपी शब्द अलङ्गकारमा कहि पनि प्रफुल्लित छैन
मलाई जान्नेहरू भन्छन
यही दिन मेरो बाले मेरो आमालाई रातो गुलाब दिनु भएको रे
मलाई सानोमा देख्नेहरू भन्छन
यही दिन मेरो बाले मेरो आमाको सिउँदोमा सिन्दुरले रङ्ग्गाउनु भएको रे
बुढापाका प्रौढहरू भन्छन
अनि एकदिन म जन्मिदा सुत्केरी हुँदा भोकाउदा खानको लागि
रातो गुलाबको गुलाबको गुच्छा बाहेक केही थिएन रे
मेरो साल नाल नै नकाटी अन्न खोज्न गएका मेरा बा
त्यो दिनदेखि कहिले घर सम्झेर फर्कनु भएन रे
तिमी पत्याउछौ !
यो त मेरो जन्मदिन जसलाई तिमी बर्थ डे भन्न रुचाउछौ
त्यो जतिकै घातक पो छ त
म कसरी यो प्रेम दिवशमा रमाऊ प्रिय
यो त प्लास्टिकको फुल झै बजारू पो छ त !
मेरो आमा र बा को बिछोडको कारकमात्र होइन
यो नक्कल र देखावटी चाल ढालमा रमेको छ
कटुसत्य त ;
समस्त नेपालीले आनन्दसङ्ग खान, लाउन र बस्नकै निम्ति
संघर्ष गरी देश परदेश दगुरेको को यतार्थ हो यो
अँझै पनि कुनै न कुनै नाममा मारकट भएको बखत हो यो
शान्तिको जग पुरै हल्लिएको पल हो यो
भनिदेऊ प्रिय
म कसरी जोह्न र लिण्डा झै युरोप या अमेरिकी लवजमा
तिमीलाई “हयाप्पि भेलिन्टेन डे “भनौ !
म कसरी आफूमा भेलिन्टेन डे सजाऊ
यो त साहुको रीण झै चर्को पो छ त!
प्रिय भनिदेऊ मलाई
यो प्रेम दिवश भनेको के हो ?
(नोट: मेरो प्रेमदिवश मनाउनु हुदैन भन्ने आशय हैन । तर हाम्रो आफ्नै चाडहरू छन् जस्तो चन्डी, धाननाच, लोहोसार, माघी, सिरिवा, फागु, जनै पुर्णिमा, तिज, दसै, तिहार, रोदी, र थुप्रै अरू पनि । अब यिनै बर्थ डे, भेलिन्टेन डे कै पछि लागि दगुर्ने हो भने हाम्रो मौलिकता चाँही ओझेलमा पर्दैनर ! यही सोचबाट यो कविता जन्मियो। अस्तु:)
बिबेक दुलाल क्षेत्री दमक
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल: यू ए इ ।
