Skip to content

बास सयल महलको


बास सयल महलको, सयर पजेरोको,नाम सर्वहारा
जुन जोगी आए नी कानै चिरेका सबै दल हुन जन्ता मारा

निर्वाचन सकियो, लाग्नु पर्ने संबिधान लेख्न, फेरि पुरानै
सत्ता लिप्साको नौटङकी रच्दै छौ रे के हो नेताज्यू यस्तो पारा

देश उभो लाग्लाभन्दा भन्दै उदो लाग्दै छ, जन्मदै ॠण बोक्ने
नेपालीको भाग्य, फोहोरी राजनीति भो देश मास्ने बनमारा

निश्चल काउचा
चौराहा -१ – बाग्लु

Leave a Reply

Your email address will not be published. Required fields are marked *