तिमीसँग हारेको म प्रेमी पुरानो
तिमी माया मारेको म प्रेमी पुरानो
एकै नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने बाटो बारेको म प्रेमी पुरानो
म फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै झरेको म प्रेमी पुरानो
तिललाई पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ खारेको म प्रेमी पुरानो
ज्युन नसक्दा तिम्रो शहरबाट
बसाई नै सारेको म प्रेमी पुरानो
घायलश्री
संप्रति म्याग्दीकाली एफ एम, बेनी म्याग्दी
